२०८२ भाद्र १२

कला,संस्कृति र चाडपर्वलाई नगरपालिकाले विशेष ध्यान दिएर संरक्षण गर्छ : मेयर सापकोटा

चौतारा ,१७  फागुन

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले माझी समुदायको कला, संस्कृति र चाडपर्वलाई नगरपालिकाले विशेष ध्यान दिएर संरक्षण गर्ने बताउँनुभएको छ । मंलबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ एक्लेबेसीका माझी समुदायको कोशी (लदी) पूजा कार्यक्रममा उहाँले यस्तो बताउँनुभएको हो । साथै मेयर पावकोटाले माझी समुदायको समस्या र मागलाई समेत आफूले विशेष चासोको रुपमा लिईरहेको उहाँको भनाई छ ।

विभिन्न ठाउँमा छरिएर रहेका माझी समुदायको जनसंङ्ख्यामा वृद्धि हुनाका साथै सीमान्तकृत माझी समुदायको उत्थान तथा जनसंङ्ख्या वृद्धि गर्नको लागि सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा समेत राख्नुभयो ।

माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन्। खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाएका हुन् । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ। माझी समुदायले हरेक वर्ष फागुन तेस्रो मंगलबार यो पर्व मनाउँदै आएका छन्। माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रुपमा लिने गर्छ।

प्रतिक्रिया दिनुहोस्