२०८२ असार १७
                           

बाह्रबिसेमा बनाईयो कलाकार जयनन्द लामाको सालिक

सिन्धुपाल्चोक ,१४ फागुन
सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पाको थिङटोलमा दिवंगत कलाकार जयनन्द लामाको सालिक बनाईएको छ । १२ फिट अग्लो सालिक रहेको छ । सालिक परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको  छ । शुक्रवार कलाकार संघका अध्यक्ष भैरवबहादुर थापा र वाग्मती प्रदेश सदस्य मसिना खड्काले लामाको जन्मभूमिमा सालिक अनावरण गर्नुभएको हो ।

उहाँ गत वर्षको फागुन ११ मा भक्तपुरको मध्यपुर–१ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट मृत फेला पर्नुभएको थियो। लामाले थुप्रै लोकगीत गाउनुका साथै फिल्म र टेलिशृंखलामा अभिनय गर्नुभएको छ  । साथै पहिलो तामाङ भाषाको फिल्म ‘छोमरी छोरङन’को लेखन तथा निर्देशन ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत अहिले पनि चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्