२०८३ आश्विन २७

उज्यालो नेपाल पार्टीको गतिविधि सिन्धुपाल्चोकमा तिव्र हुदै

सिन्धुपाल्चोक | उज्यालो नेपाल पार्टीले सिन्धुपाल्चोकमा जिल्ला कार्यालय स्थापना गरेको छ । पार्टीका केन्द्रीय सदस्य दोर्जे स्याङ्बोको प्रमुख आतिथ्यतामा जिल्ला कार्यालय स्थापना गरिएको पार्टीका जिल्ला सचिव नुर्चुङ तामाङले जानकारी दिए ।

जिल्ला कार्यालय स्थापना भएसँगै पार्टीका नियमित बैठक सञ्चालन, सदस्यता वितरणलगायतका सांगठनिक गतिविधि अघि बढाइने सचिव तामाङले बताए ।

यसैबीच, उज्यालो नेपाल पार्टीले चौतारा साँगाचोकगढी नगरपालिकामा प्रथम नगर भेला सम्पन्न गरेको छ । भेलाले राजेश लामाको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

नगर कमिटी गठनसँगै पार्टीले नगरपालिका क्षेत्रमा आफ्नो संगठन विस्तार तथा पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्