२०८३ आश्विन २६

बिज्ज्याल साना किसान ,दुध बेचेर बार्षिक साडे ३ कराेड आम्दानी

बलेफी गाउँपालिका वडा नं.४ र ५ मा संचालित श्री बिज्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले उद्घाटन गरेकाे सभामा संस्थाकाे वार्षिक प्रगति विवरण तथा आम्दानी खर्चकाे विवरण पेश गरिएकाे थियाे ।

सभामा प्रमुख अतिथि तामाङले यस भेगका किसानकाे मिहिनेतकाे खुलेर प्रशंसा गरे । गाउँपालिका यस संस्थासंग सधैं हातेमालाे गरेर अघि बढ्न तयार रहेकाे बताए । कार्यक्रमका विशेष अतिथि वडा नं.४ का अध्यक्ष सूर्ये तामाङले उत्पादनलाई जाेड दिन सके मात्रै समाज र देश सुदृढ हुने हुँदा यसमा सबैकाे ध्यान जानु पर्ने बताए ।

समाराेहमा सहकारीकाे वार्षिक  प्रगति प्रतिवेदन पेश गर्देै अध्यक्ष खिका प्रसाद नेपालले दुध उत्पादन तथा बिक्री, सदस्यको बचत वृद्धि, किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई प्राथमिकतामा राखिएको बताए ।
‘सहकारिता : समृद्धिका लागि साझा प्रयास’ भन्ने मूल भावनासहित अघि बढिरहेको संस्थाले विगतको अनुभवका आधारमा आगामी दिनमा व्यावसायिक, उत्पादनमुखी, पारदर्शी र आत्मनिर्भर सहकारीका रूपमा विकास गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक ६ कराेड ८१ लाखकाे काराेवार गरेकाे उक्त संस्थाले ३ कराेड ३२ लाखकाे दूध विक्री गरेको व्यवस्थापक द्वारिका नेपालले जनकारी दिए । सभामा संस्थाका उत्कृष्ट कृषकहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको  थियाे । पुरस्कृत हुनेहरुमा कमल प्रसाद तिमिल्सिना लगायत १४ जना कृषक  छन् । तिमिल्सिनाले  १ वर्षमा १० हजार ८ सय ७८ लिटर दूध बेचेर ७ लाख २८ हजार रकम कमाएका छन् । उनि बलेफी गाउँपालिककै सबैभन्दा बढि दूध बेच्ने किसान बनेका छन् ।

 

न्युजकोशीबाट

 

 

प्रतिक्रिया दिनुहोस्