निर्मल बस्नेत, चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्यवमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले सिन्धुपाल्चोक चौतारामा करदाता शिक्षा अयोजना गरिएको छ । उक्त अवसरमा आर्थिक ऐन २०८३ मा करमा भारी छुट भएको कुरा थाह पाएपछि करदाताहरु खुसी भएका छन् ।
चौतारा र आसपासका उद्योगी तथा व्यवसायीहरुलाई बोलाएर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले राजस्व कार्यालय आफ्नै शाखा कार्यालय चौतारामा करदाताहरुलाई उक्त शिक्षा प्रदान गरिएको हो । उक्त अवसरमा निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले कर सम्वन्धि व्यवस्था र सहुलियत बारे उद्योग वाणिज्य संगसंग जोडिएर करदाताहरुलाइ अपडेट भईराख्न आग्रह गरे । उनले पौष मशान्त सम्मको सहुलियत सेवा लिनको लागि सवै संघ संस्था र व्यवसायीहरुलाई सुचना प्रवाहको लागि उपस्थितहरुलाई आग्रह गरे । ।
कर प्रशिक्षक टीकाराम शर्माले पान दर्ता, राजस्व दाखिला र पान खारेजी र वर्तमान ऐनमा भएको कर छुटको बारेमा शिक्षा प्रदान गरेका थिए । त्यस्तै उद्योग बाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बखरेलले अव सिन्धुपाल्चोकमा सवारी साधनको लाईसेन्स दर्ता भन्दा बाहेक सवै कार्य हुने गरि वागमति प्रदेश सरकारवाट ओएनएम तयार भएको कुरा बताए ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष उजार सिं तामाङले संघले गरेको कार्याक्रममा सक्रियता र चासोपुर्वक लिने व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरे । उनले संघले समय समयमा स्थानीय बजारको खुद्रा विक्रि मुल्य सुचि निर्धारण गर्ने गरेकोले संघले उपलब्ध गराएको भन्दा घटबढ गर्न आवश्यक परेमा संघमा सल्लाह गरेर मात्र मुल्य कायम गर्नमा सहयोग पुर्याउन व्यवसायिहरुलाई आग्रह गरे ।
उद्योग वाणिज्य संघको कार्यकारीणी समिति सदस्य कुमार थापाले सहजीकरण गरेको कार्यक्रममा सल्लाहकार रविन गौतमले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चौतारा बहुमुखी क्याम्सपका पूर्व प्रमुख नगेन्द्र प्रसाद दंगाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख इश्वरी प्रसाद चालिसे, साना तथा मझौला व्यवसायी महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हरिकुमार श्रेष्ठ, सिन्धुपाल्चोक फुटवल संघका अध्यक्ष अमृतमान श्रेष्ठ र विभिन्न उद्योग तथा व्यवसायीक फर्महरुवाट करदाताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्