२०८३ भाद्र १४

बाढी पूर्वानुमान महाशाखाले भन्यो-सिन्धुपाल्चोक पनि बाढीको जोखिममा

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रसुवा र नुवाकोटमा बाढीको उच्च जोखिम रहेको छ भने अन्य ३१ जिल्लामा मध्यम जोखिम रहेको छ ।

महाशाखाका अनुसार आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर र गोरखामा बाढीको मध्यम जोखि रहेको छ ।

त्यसैगरी लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। भोलि भदौ १५ गते सातै प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पनि महाशाखाले जनाएको छ ।

फरक पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्