बागमती प्रदेश सरकारले रसुवा बाढीपीडितका लागि आकस्मिक स्वास्थ्य टोली खटाएको छ । मुख्यमन्त्री किरण थापाको निर्देशनमा प्रदेशअन्तर्गत विभिन्न अस्पतालका चिकित्सकलाई औषधिसहित प्रभावित क्षेत्रमा पठाइएको हो ।
भक्तपुर अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदीको नेतृत्वमा टोली भर्खरै रसुवा प्रस्थान गरेको छ । जसमा जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आइटी इञ्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोखरेल छन्
त्यसैगरी, टोखा चण्डेश्वरी अस्पतालबाट पनि स्वास्थ्य टोली खटिएको छ । टोलीमा मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्ण खड्का, हाडजोर्नी विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगीता छत्कुली, स्टोर किपर-औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना, ड्राइभर उत्तर कुमार गुरुङ छन् ।
बज्रबाराही अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. कसिन नेपालीको नेतृत्वमा आकस्मिक स्वास्थ्य टोली खटिएको छ । मेडिकल अधिकृत डा. अयुषजंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स पनि टोलीमा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्