२०८३ जेष्ठ १४

मोटरेबल पुलले जोडिए सिन्धुपाल्चोकका लिदी, पांगर्पु, बोल्दे र गुम्बा

सिन्धुपाल्चोक जिल्लाका विकट गाउँ लिदी, पांगर्पु, बोल्दे र गुम्बालाई मोटरेबल पुलले जोडेको छ । पक्की पुल बनेसँगै बर्खामा पनि यी गाउँमा गाडीको पहुँच पुग्ने भएको छ ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको अनुरोधलाई स्वीकार गरेर बलेफी इनर्जी हाइड्रोपावर कम्पनी (४० मेगावाट)ले विद्युत् उत्पादन सुरु गर्नुअगावै प्रभावित क्षेत्रमा पक्की पुल निर्माण गरेको हो । पालिका अध्यक्ष स्याङ्बो र हाइड्रोपावर कम्पनीका प्रमुख दीलसुन्दर श्रेष्ठले समझदारी गरेर गत साल वैशाखबाट पुल निर्माण सुरु गरिएको थियो ।

सात करोड लगानी गरेर १३ महिनामा ब्रम्हायणी नदीमा पक्की पुल बनाएपछि प्रभावित क्षेत्रका स्थानीय खुसी भएका छन् । पुल ५१ मिटर लामो र ४.२ मिटर चौडाइको छ ।

पक्की पुलबाट जुगल गाउँपालिका वडा नं २ को लिदी र वडा नं ३ का पांगर्पु, बोल्दे र गुम्बा गाउँका स्थानीय लाभान्वित हुनेछन् । यी गाउँमा तामाङ जातिको एक हजारभन्दा बढी घरपरिवार बसोबास गर्छन्। पुल नहुँदा बर्खायाममा वारिपारि आवतजावत बन्द हुन्थ्यो । अब यही पुल भएर पर्यटकीय क्षेत्र पाँचपोखरी जान पनि सहज भएको छ ।

 

नयाँ पत्रिकााट

प्रतिक्रिया दिनुहोस्