सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सदरमुकाम चौतारा स्थित चौतारा अस्पतालको अवलोकन भ्रमणका क्रममा महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाजकी केन्द्रीय अध्यक्ष सरोज श्रेष्ठले अस्पतालमा देखिएका समस्या तथा चुनौतीहरू सम्बन्धित निकायसमक्ष राख्ने बताएकी छन् ।
अध्यक्ष श्रेष्ठले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार, आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा अस्पतालले समस्य भोगिरहेको भन्दै ती सुधारका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताइन् । उनले विशेषगरी महिला तथा बालबालिकाका सेवाहरूलाई अझ सहज, सुरक्षित र गुणस्तरीय बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।
भ्रमणका क्रममा अध्यक्ष श्रेष्ठले अस्पताललाई महिला तथा बालबालिका मैत्री बनाउने प्रयासको सराहना गर्दै यस्तो कामलाई अझ बलियो बनाउन निरन्तर पहल आवश्यक रहेको उल्लेख गरिन् । साथै, यस काममा पहल गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. रूद्रमणि भण्डारीप्रति धन्यवाद पनि व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्