२०८१ श्रावण १२
                           

गुरू पुर्णिामाको अवसरमा पुर्व विद्यार्थीले सम्झे आफ्ना गुरुहरुलाई

चौतारा/ गुरू पुर्णिामाको बिशेष दिन पारेर श्री कृष्ण माध्यामिक बिद्यालयका पुर्व बिद्यार्थीहरूले आफ्ना गुरुहरूलाई सम्मान गरेको छन् ।
२०४८ सालका एस.एल.सी ब्याजले आफ्ना गुरुको उच्चमुल्याङ्कन गरी माध्यामिक तहमा पढाउँने गुरु गुरुआमालाई सम्झेर गुरु चेलाहरूको सम्बन्ध अझै प्रगाढ होस भनि एक कार्यक्रमको बिच दोशल्ला ओढाएर सम्मान पत्र द्वारा ७ जना गुरु र गुरु आमालाई एक कार्यक्रमको बिच सम्मान गरेका छन् ।

चौतारा अरनिको होटलमा भएको कार्यक्रममा नगेन्द्र प्रसाद दंगाल, यज्ञ प्रसाद दंगाल, कृष्णराज श्रेष्ठ, बसन्त बोहोरा, ईश्वरी प्रसाद श्रेष्ठ, दुधराज बस्नेत निर्मला मास्के हरी गोपाल श्रेष्ठ लगायतका गुरूहरूलाई उपस्थित ४६ जना बिद्यार्थीहरूको सहभागितामा सम्मान गरीएको हो । कार्यक्रमका संयोजक दिपकमान श्रेष्ठले स्वागत गर्दै आफ्ना गुरुहरू प्रति सम्मान गर्न पाउँदा अत्यन्तै खुशीको क्षण भएको मन्तब्य राखेका थिए, भने कवि घनश्याम नेपालले कविता वाचन गरी गुरुहरूको देन अनन्तकाल सम्म पनि भुल्न नसकिने र गुरुहरूको ऋण पनि तिर्न नसकिने भनि कविता द्वारा सम्मान गर्नु भएको थियो । उदघोषक अमीर श्रेष्ठले भुमिका बाँधी कार्यक्रमलाई रोचक बनाएका थिए। दिपक राईले भने बिगदका सम्झनालाई अहिले नै हो कि जस्तो गरि ताजा क्षणको अनुभुति गराएका थिए । पुर्व खेलकुद मन्त्री दावा तमाङ्ले भने गुरुहरूले दिएको शिक्षा हामी सबै साथीहरूको लागी अत्यन्त महत्वपूर्ण भएकोले गुरुहरूको कहिल्यै पनि बर्णन गरेर नसकिने, र गुरुहरूलाई सम्मानित गर्न पाएको दिन सबैभन्दा खुशीको दिन भनि आफ्ना भनाई राखेका थिए।

सम्मान गर्न बाँकी रहेका गुरुहरू धुर्वलाल श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, शोभा ओलक अष्ट्रेलिया र अमेरिका भएकोले कुनै दिनबार मिलाएर संम्मान गर्ने कार्यक्रम रहेको भनि दीपक श्रेष्ठले बताए । यसै गरी नगेन्द्र दंगाल र कृष्ण राज श्रेष्ठले आफ्ना चेलाहरू प्रति अत्यन्त खुशी प्रकट गर्नु भएको थियो । यज्ञ दंगालले सिन्धुपाल्चोक जिल्लाको पहिलो यो नयाँ कार्यक्रम २०४८ सालको बिद्यार्थीहरूले गरेको भनि खुशी प्रकट गर्नु भएको थियो। बिद्यार्थीहरूको उन्नती प्रगती देख्न पाउँदा खुशी लाग्ने र अझै प्रगती होस भनि ईश्वरी प्रसाद श्रेष्ठले आशिर्वाद दिएका थिए। आफुले पढाएका बिद्यार्थी कोहि माननीय कोही मन्त्री कोहि साहित्यकार कवि, कोही प्रहरी अफिसर्स कोही उदयोगी कोहि ब्यापारी, शिक्षक आ-आफ्नो कर्ममा लागेका र सबैको भलो भइरहोस भनि सबै गुरुहरूको आशिर्वाद बर्षिरहेको थियो भने ध्रुवलाल श्रेष्ठ रामचन्द्र श्रेष्ठले बिदेशबाट आशिस दिएका थिए।
सबै बिद्यार्थीहरूले आफ्ना गुरुहरूलाई अघी लगाएर आफुले शिक्षा आर्जन गरेको श्री कृष्ण रत्न गंगा मा.बि को कक्षा हल स्कुलको प्रागढ, लगायत सवै एरियाहरूमा माया का साथ अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्