सिन्धुपाल्चाेक । बाह्रबिसे नगरपालिका–९, कल्लेरीका लामो समयदेखि गीत–संगीतको क्षेत्रमा संघर्षरत गायक आदित्य श्रेष्ठको नयाँ गीत “पहिलो हासो पहिलो बोल” हाल टिकटकमा निकै चर्चा कमाइरहेको छ। यस गीतमार्फत उनले दर्शक तथा श्रोताबाट उल्लेखनीय माया र समर्थन प्राप्त गरिरहेका छन्।
गायक श्रेष्ठले यसअघि पनि थुप्रै गीतहरू गाएका थिए, तर ती गीतहरूले अपेक्षित सफलता प्राप्त गर्न सकेका थिएनन्। तर, यस गीतले भने उनको संगीत यात्रामा नयाँ उचाइ दिलाएको अनुभूति उनले गरिरहेका छन्।
उनका अनुसार, “पहिलो हासो पहिलो बोल” गीत पहिले नै रेकर्ड भइसकेको भए पनि आर्थिक अभावका कारण यसको सार्वजनिक गर्न केही ढिलाइ भएको थियो। अन्ततः करिब पाँच दिनअघि यो गीत Ayan Shrestha युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
याे समाचार तयार पार्दासम्म उक्त गीत युट्युबमा दर्शकले १० लाख पटक हेरिसकेका छन् भने ३२ हजार लाइक, र करिव ३ हजार ५ सय टिप्पणीहरू प्राप्त गरिसकेको छ।
बाँसुरी खबरबाट
प्रतिक्रिया दिनुहोस्