लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेको उनले जानकारी दिए ।
लुक्ला विमानस्थलका अनुसार बिहान सवा आठ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो ।
अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्कालाई खासै केही नभएको जानकारी आएको छ । क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर गएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिए ।
स्वर्णयुगबाट
प्रतिक्रिया दिनुहोस्