नेपाली लोक तथा दोहोरी गीत ‘मै थपुँला सही’ सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा गायक सुदीप अधिकारी र गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ । गीतको लय र शब्द नवराज तिमल्सिना ‘एकान्ते’ ले रचना गरेका हुन् ।
आठ मिनेट ३४ सेकेण्ड लामो यस दोहोरीलाई सुदीप अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । आकर्षक छायाङ्कन गरिएको भिडियोमा लोमस शर्मा र करिष्मा ढकालले दमदार अभिनय प्रस्तुत गरेका छन् ।
यस गीतले नेपाली लोक दोहोरी क्षेत्रलाई थप योगदान गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्