बैशाख २ , सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकामा हुने भनिएको हाइ अल्टिच्यूड प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता स्थगित भएको छ ।
खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले सर्वाधिक पुरस्कार राशिको हाइ अल्टिच्युड प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता २०८० गर्ने भनिएता पनि निर्धारित समयमा कुनैपनि टिम दर्ता हुन नआएपछि प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।
गत चैत २३ गतेदेखि चैत ३० गतेसम्म गर्ने भनिएको प्रतियोगितामा चैत २३ गतेदेखि २६ गतेसम्म पुरुष र चैत २७ गतेदेखि ३० गतेसम्म महिला भलिवल गर्ने पूर्वनिर्धारित कार्यक्रम तय गरेपनि कुनैपनि टिम दर्ता नभएपछि टिम दर्ताको लागि म्याद थप गरिएको थियो ।
हेलम्बु गाउँपालीका २, सेर्माथाङमा आयोजना गर्ने भनिएकोमा निर्धारित समयावधि गत चैत १९ भित्र कुनै पनि टिमहरु दर्ता नभएको हो । टिम दर्ता गर्ने समयावधि चैत ३० गतेसम्म थप गर्दा केही टिमहरुको पत्र मात्र प्राप्त भएको तर सो वापतको टिम दर्ता शुल्क कुनै पनि टिमहरुले पेश नगरेको हाई अल्टिच्युड प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता २०८०’ स्थगन गरिएको सुचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्