२०८२ भाद्र १३

राष्ट्रियसभा उम्मेदवारी छनोटप्रति शेर्पाको असन्तुष्टि

नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा भोट नहाल्ने चेतावती दिनुभएको छ । नेपाली कांग्रेसले उम्मेदवार छनोटमा गरेको निर्णय प्रति असन्तुष्टि जनाउँदै शेर्पाले निर्वाचनमा सहभागी नहुने बताउनुभएको हो ।

आशन्न राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका क्रममा पार्टीले मधेसी,तामाङ,गुरुङ,शेर्पा राइ, मगर लगायत अल्पसंख्यक समुदायको एकजना पनि प्रतिनिधित्व नगरेको भन्दै अध्यक्ष शेर्पाले सामाजिक संजाल फेसबुक मार्फत असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले समेत यी समुदाय बाट एकजना पनि प्रतिनिधित्व नगराउनुले सन्देश राम्रो नजाने बताउनुभयो । अध्यक्ष शेर्पाले अल्पसंख्यक समुदायका जनप्रतिनिधिहरुले किन भोट हाल्ने भनेर समेत प्रश्न गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्