सिन्धुपाल्चोक , ८ कात्तिक
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको दुई तिहाइ सरकार भ्रष्टाचार मात्रै मौलाएको र यो सरकारले विकासको कुनै काम नगरेको अारोप लगाएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा अायोजित एक कार्यक्रममा पौडेलले सो अारोप लगाएका हुन् ।
नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं २ को क्षेत्रीय समितिले अायोजन गरेको शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बरिस्ठ नेता पौडेलले काँग्रेस सरकारको पालामा सुरु भएका मेलम्ची खानेपानी , तामाकोसी जलविद्युत लगाएतका राष्ट्रिय गौरबका अायोजना समेत यो सरकारले पूरा गर्न नसकेको अारोप लगाए । अघिल्लो दँशैमा नै काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउने बताए पनि यो दशै त के अर्को दशैमा पनि यो सरकारले मेलम्चीको पानी नखुवाउने जिकिर गरे । “यो सरकार कमिसनको खेलमा लागेकोले देश विकास भन्दा पनि अाफ्नै विकासमा लागेको छ ।” उनलेे अाफ्नै कार्यकर्तालाई मात्रै पनि रोजगार दिन नसकेकाले बर्सेनि लाखौं युवा विदेशिने गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व स्वास्थ मन्त्री गगन थापाले अाफु मन्त्री हुँदा गरिब जनताको स्वास्यमा पहुँच पुर्याउन को लागि ल्याएको स्वास्थ बिमा कार्यक्रम समेत यो सरकारले लागू गर्न नसकेको बताए । ” यो बिमा कार्यक्रम लागू हुने हो भने कुनै पनि जनता पैसा नभएकै कारण उपचार नपाएर मर्नुपर्ने थिएन ।” थापाले भने ” तर यो सरकार अाफ्नै प्रधानमन्त्री र मन्त्रीको उपचारको लागि विदेश धाउनमै व्यस्त रहेको छ ।”
देशमा पछिल्लो डेड बर्षमा ५०० भन्दा वढि उद्योग कलकारखाना बन्द भएको भन्दै नेता थापाले नेपालमा बर्सेनि ५ लाख युवा उत्पादन हुने तर सरकारले ५० हजारलाई रोजगार दिन नसकेको बताए । अहिले नेपाल युवा निर्यात गर्ने मुलुकको रुपमा परिचित भएकोमा काँग्रेस सरकार अाएपछि उद्योग कलकारखाना स्थापना गर्न विदेशी लगानि समेत अाकर्षित गरि उत्पादन निर्यात गर्ने मुलुक बनाउने ठोकुवा गरे ।
नेपाली काँग्रेस क्षेत्रीय सभापति अाईतमान तामाङ को अध्यक्ष्ातामा भएको उक्त कार्यक्रममा नेकपा, राप्रपा लगाएतका दल परित्याग गरि ३ सय भन्दा वढि युवा काँग्रेस प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्