२०८३ श्रावण ३१

सिन्धुपाल्चोककी ९ वर्षीया रिदिना श्रेष्ठ राष्ट्रिय ब्याडमिन्टनमा द्वितीय

सिन्धुपाल्चोक | सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधित्व गर्दै ९ वर्षीया रिदिना श्रेष्ठले राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्डर-११ गर्ल्स क्याटेगोरीमा द्वितीय स्थान हासिल गरेकी छन् ।
रिदिनाले ललितपुर, यला स्पोर्ट्स एकेडेमीमा सम्पन्न १४औँ पुष्पलाल मेमोरियल राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता-२०८३ अन्तर्गत अन्डर-११ गर्ल्स विधामा दोस्रो स्थान हासिल गरेकी हुन् । प्रतियोगिता साउन २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको थियो ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा विभिन्न विधाका गरी १५ वटा इभेन्ट सञ्चालन गरिएको थियो । रिदिनाले सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै अन्डर-११ गर्ल्सतर्फ प्रतिस्पर्धा गरेकी थिइन् ।


प्रतियोगितापछि नेपाल ब्याडमिन्टन संघ, नेपाल ब्याडमिन्टन एसोसिएसन नेपाल समापन समारोहका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा आयोजक पक्षले रिदिनालाई सक्रिय सहभागिता र उत्कृष्ट प्रदर्शनका लागि प्रमाणपत्र प्रदान गर्दै थप सफलताको शुभकामना समेत गरेका छन् ।
सानै उमेरमा राष्ट्रिय स्तरको प्रतियोगितामा उपविजेता बन्न सफल रिदिनाको उपलब्धिले सिन्धुपाल्चोकको ब्याडमिन्टन क्षेत्रमा नयाँ पुस्ताको सम्भावना देखाएको छ । उनको यो सफलता जिल्लाबाट राष्ट्रियस्तरमा खेलाडी उत्पादन र खेलकुद विकासका लागि पनि उत्साहजनक उपलब्धिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्