ललितपुर — ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ललितपुर जिल्ला शाखा अन्तर्गत महालक्ष्मी नगर समिति गठन तथा स्वयंसेवी रक्तदान सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
ब्लोदान ललितपुर जिल्ला शाखाका अध्यक्ष सानुलाल महर्जनको सभापतित्व तथा केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाश यादव लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ब्लोदानका महासचिव मचाकाजी महर्जनले ब्लोदान र स्वयंसेवी रक्तदानसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी, डा. प्रकाश यादवले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवाबारे जानकारी दिएका थिए ।
प्रमुख अतिथि राजेश श्रेष्ठले ब्लोदानको उद्देश्यबारे प्रकाश पार्दै नवगठित महालक्ष्मी नगर समितिले उक्त क्षेत्रमा स्वयंसेवी रक्तदान अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रकाश पराजुलीको अध्यक्षतामा १५ सदस्यीय ब्लोदान ललितपुर जिल्ला महालक्ष्मी नगर समिति गठन गरिएको छ । समितिमा धनबहादुर श्रेष्ठ, शुश्मा श्रेष्ठ, रवि महर्जन, विन्देश नगरकोटी, प्रल्हाद सिलवाल, प्रभाकर सिलवाल, पुष्कर के.सी., सुरेश थापा, परेश गजुरेल, विष्णुकुमार श्रेष्ठ, विद्या शाक्य, रामशरण पौडेल र हरि कार्की सदस्यका रूपमा चयन भएका छन् ।
यसैबीच, चन्द्र सूर्य पुस्तकालयको ५४ औं वार्षिकोत्सवका अवसरमा ललितपुरमा तथा याउँ नेवा: फूड एण्ड होम स्टेको आयोजनामा रामकोटमा सम्पन्न रक्तदान कार्यक्रममा समेत ब्लोदानका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्