सिन्धुपाल्चोक — जिल्ला भलिबल संघ सिन्धुपाल्चोकको आयोजनामा चैत १३–१४ गतेसम्म सम्पन्न जिल्ला स्तरीय अन्तरपालिका भेट्रान्स भलिबल प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका टोलीहरूले उत्साहपूर्ण प्रदर्शन गर्दै भिडन्त गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पुरस्कार चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ। यस टोलीले रुपैयाँ २०,०००, ट्रफी, मेडल, प्रमाणपत्र सहित एउटा खसी प्राप्त गरेको छ । दोस्रो स्थान सुनकोशी गाउँपालिकाले हासिल गरेको छ जसले रुपैयाँ १५,०००, ट्रफी, मेडल, र प्रमाणपत्र सहित बोका पाएको छ । तेस्रो पुरस्कार बलेफी गाउँपालिकाले हात पार्दै रुपैयाँ १०,०००, ट्रफी, मेडल, र प्रमाणपत्र सहित भाले प्राप्त गरेको छ।
प्रतियोगिताको सफल व्यवस्थापन नवप्रतिभा युवा क्लब, बलेफी, सिन्धुपाल्चोक ले गरेको थियो । आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी सबै टोलीहरूको जोशिलो र प्रतिस्पर्धात्मक खेलले दर्शकहरूमा उत्साहको माहोल सिर्जना गरेको थियो ।
प्रतियोगिताले जिल्लाभरका भलिबल प्रेमीहरूलाई एकै स्थानमा भेला गराउँदै खेलकुदको विकासमा योगदान पुर्याएको छ । आयोजकले भविष्यमा पनि यस प्रकारका खेलकुद प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्