२०८२ चैत्र ११

मेलम्ची ‘स्वस्थ शहर’ का रूपमा छनौट

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ‘स्वस्थ शहर’ का रूपमा छनौट भएको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये प्रत्येक जिल्लाबाट एक–एक स्थानीय तह छनोट गर्ने योजना अनुसार सिन्धुपाल्चोकबाट मेलम्ची नगरपालिका चयन गरिएको हो ।

null

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेको जिल्लास्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रममा मेलम्ची नगरपालिकालाई ‘स्वस्थ शहर’ का रूपमा छनौट गरिएको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईंले बताइन् । उनले ‘स्वस्थ शहर’ कार्यक्रमको उद्देश्य, महत्व र कार्यान्वयन प्रक्रियाबारे समेत जानकारी दिएकी थिइन् । कार्यक्रममा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा तयार गरिएको ‘स्वस्थ शहर कार्यान्वयन निर्देशिका २०८२’ सम्बन्धमा समेत विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।

निर्देशिका कार्यान्वयनका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय ‘स्वस्थ शहर समन्वय समिति’ समेत गठन गरिएको छ । प्रदेश सरकारले १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरिरहेको छ । यस अभियानमार्फत स्वस्थ, सुरक्षित र दिगो शहरी विकासलाई प्राथमिकता दिँदै आवश्यक कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिइने जनाइएको छ ।

nullजिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समिति उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्