२०८२ फाल्गुन २९

धुलिखेल–खावा खण्डमा सडक कालोपत्रे गर्न यातायात आंशिक रूपमा बन्द

सिन्धुपाल्चोक/ अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा खण्डसम्म सडक कालोपत्रे गर्ने कार्य सुरु हुने भएकाले उक्त सडक खण्डमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको जनाएको छ।

कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयका आधारमा २०८२ चैत ७ गतेदेखि २०८२ चैत २० गतेसम्म सो सडक खण्ड प्रयोग गर्ने सवारी साधनका लागि विशेष व्यवस्था गरिएको छ।

सो अवधिमा ठूला चारपाङ्ग्रे सवारी साधन (बस सहित) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छैन

त्यस्तै टिपर र ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

कार्यालयले सडक मर्मत तथा कालोपत्रे कार्यलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको भन्दै यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्