२०८२ फाल्गुन २१

सिन्धुपाल्चोकमा ३ बजेसम्म ४१ प्रतिशत मतदान

सिन्धुपाल्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो ३ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ।
जिल्लामा हालसम्म १ लाख १३ हजार ४३५ मत खसेको छ।
जसमध्ये पुरुष मतदाता ६२ हजार ४६१ र महिला मतदाता ५० हजार ९७४ रहेको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाभरका मतदान केन्द्रहरूमा शान्तिपूर्ण र सामान्य वातावरणमा मतदान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्