२०८२ फाल्गुन २१

सिन्धुपाल्चोकमा शान्तिपूर्ण मतदान जारी, दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खस्याे

सिन्धुपाल्चोक। आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।

३४० वटा मतदान केन्द्र रहेको  सिन्धुपाल्चोकमा दिउँसो १ बजेसम्म ३० प्रतिशत  मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहे पनि मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवादमा केही बेर रोकिएको मतदान अहिले सुचारु भई सकेको छ । छिटपुट सामान्य विवाद बाहेक मतदान प्रक्रिया सामान्य रुपमा जारी छ ।

रेडियो नेपालबाट

प्रतिक्रिया दिनुहोस्