२०८२ फाल्गुन २१

बहुअपाङता भएका श्रेष्ठले गरे मतदान

सिन्धुपाल्चोक । बहुअपाङता भएका सिर्जन श्रेस्ठले मतदान गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित श्री कृष्ण रत्नगंगा मा.वि मतदान केन्द्रमा उनले मतदान गरेका हुन । ३० बर्षय श्रेष्ठको चारै हातखुट्टा अपाङ्गताबाट प्रभावित छन । उनी बोल्न पनि सक्दैनन् । अरुले बोलेको सुन्न भने सक्छन् । श्रेष्ठले रोजेकै चिन्हमा आफूले मतदान गरिदिएको अभिभावक किरणमान श्रेष्ठले बताए । मतदान केन्द्रमा कुनै झनझट बेहोर्नु नपरेको र अपाङ्गमैत्री मतदान केन्द्र रहेको उनले जानकारी दिए ।
यो केन्द्रमा विहानैदेखि मतदाताहरु उत्साहका साथ सहभागी भएका छन । यस केन्द्रमा कुल मतदाता ४३६७ रहेको छ ।

 

रेडियो नेपालबाट

प्रतिक्रिया दिनुहोस्