सिन्धुपाल्चोक, — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–८ ईर्खु चिलाउनेमा आयोजित घरदैलो कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमसमेत सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा (एमाले) परित्याग गर्दै पूर्व वडा अध्यक्ष रामबहादुर तामाङ तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य पदमा निर्वाचित अमृता बर्देवा सहित दर्जनौं नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार युवराज दुलाल टीका, खादा र माला लगाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै दुलालले विकास, स्थायित्व र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको बताए ।
यसैबीच, घरदैलो अभियानकै क्रममा वडा नं. १ स्याउलेमा पनि एमालेका नगर समिति सदस्य दीपु तामाङसहित विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू नेकपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूले क्षेत्रको दीर्घकालीन विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनाका लागि दुलालको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
पार्टीले नवप्रवेशीहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूको राजनीतिक भविष्य उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्