२०८२ माघ २६

सिन्धु पत्रकार खत्री र नेपाल लाई हुतराज पत्रकारीता सम्मान गरिने

हुतराज अर्धचन्द्र जनहीतकारी संस्थाले प्रत्येक वर्षझैँ यस वर्ष पनि फागुन १ गते छात्रवृत्ति तथा सम्मान कार्यक्रम आयोजना गरिने भएको छ ।

कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकबाट सामाजिक रूपान्तरणमुखी पत्रकारितामा सक्रिय खुल्लापाना डटकमका सम्पादक विजय नेपाल र रेडियो तथा टेलिभिजन पत्रकारितामार्फत सूचना प्रवाहमा योगदान पुर्‍याउँदै आएका दीपक खत्री (रेडियो सिन्धु १०५, न्यूज २४ टेलिभिजन) लाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारीता पुरस्कार २०८१ बाट सम्मानित गर्ने निर्णय भएको संस्थाका सचिव सुदर्शन पाण्डेले बताए ।

त्यस्तै साहित्य तथा कवितामार्फत समाजलाई चेतना प्रदान गर्दै आएका कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ (मेलम्ची–१३, फाटकशिला) तथा शिक्षण पेशामार्फत विद्यार्थी निर्माणमा योगदान पुर्‍याउँदै आएका कपिल कृष्ण श्रेष्ठ (शिक्षक, श्री इन्द्रेश्वरी मावि)लाई पनि सम्मान गरिने सचिव पाण्डेले बताए ।

संस्थाले इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची ११ का  ९ जना छात्र–छात्रालाई प्रदान गर्दै आएको वार्षिक छात्रवृत्तिका समेत वितरण गर्नेछ । संस्थाले सम्मान तथा छात्रवृत्ति वितरण यही फागुन १ गते श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयमा  गर्नेछ ।

कार्यक्रमले शिक्षा, पत्रकारिता, साहित्य र शिक्षण पेशामा योगदान पुर्‍याउने व्यक्तित्वहरूको कदर गर्नुका साथै विद्यार्थीहरूलाई प्रेरणा दिने विश्वास आयोजक संस्थाले लिएको छ ।

खुल्लापानाबाट

प्रतिक्रिया दिनुहोस्