मेलम्ची नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा योङ स्टार युवा क्लब द्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरिय खुल्ला भलिबल प्रतियोगिता २०८२ मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यतामा सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पासाङ तामाङ्ले २८६२ औँ सोनाम ल्होसारको अबसरमा र अन्य चाड पर्वको अबसरमा यस्ता कार्यक्रम आयोजना गरेको मा क्लब्लाई धन्यवाद ब्यक्त गरे । उनले ४ दिन सम्म चल्ने खेलमा अनुशासित भएर खेल सम्पन्न गर्न खेलाडी तथा खेल रेफ्री हरुलाई निर्देशन दिएका छन् । सबै खेलाडी हरुले उत्कृष्ट प्रदर्शन गर्दै विजेता हांँसिल गर्न शुभकामना ब्यक्त गरे । आज भएको उद्घाटन खेल सुनकोशी गाउँपालिका र सिर्जनशिल युवा कल्ब मेलम्ची ७ विच भएको खेलमा २५-१८ २५-१३ को जित निकाल्दै सिर्जन्शिलले आफ्नो पहिलो जित दर्ता गराएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ७ का निबर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ शुनकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कुमार शाही पुर्व गाविस अध्यक्ष अर्जुन गिरि लगाएतको उपस्थी रहेको थियो । चार दिन सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने क्रमश द्वितीय तृतिय र सान्त्वना स्थान हुनेले नगद ५० हजार ३० हजार १५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक एवम योङ स्टार युवा कल्बको अध्यक्ष प्रेम तामाङले जानकारी दिएका छन् । यस प्रतियोगितामा जिल्लाका १४ टिम सहभागी छ्न ।
प्रतिक्रिया दिनुहोस्