प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिता २०८२ को खेलमा मेलम्ची नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटर फाइनलको खेलमा त्रिपूरा सुन्दरी गाउँपलिका बिरुद्ध २५-७, २५ -१२ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।
खेल तालिकाअनुसार शनिबार बिहान ९ बजे पहिलो खेल हेलम्बु गाउँपालिका र भोटेकोशी गाउँपालिकाबीच हुनेछ । त्यसैगरी बिहान १०ः३० बजे दोस्रो खेल बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाबीच सञ्चालन हुनेछ । दिउँसो १२ बजे हुने तेस्रो खेलमा जुगल गाउँपालिका र इन्द्रावती गाउँपालिका आमनेसामने हुनेछन् ।
प्रतियोगिताअन्तर्गत दिउँसो १ः३० बजे पहिलो सेमिफाइनल खेल हुनेछ भने दिउँसो ३ बजे दोस्रो सेमिफाइनल खेल आयोजना गरिने छ । त्यसैगरी दिउँसो ४ः३० बजे तेस्रो स्थानका लागि खेल हुनेछ, जसमा पहिलो र दोस्रो सेमिफाइनलका उपविजेता टिमहरूबीच प्रतिस्पर्धा हुनेछ।
आयोजकका अनुसार निर्धारित समयमै खेल सञ्चालन गरिनेछ भने दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ। प्रतियोगिताले जिल्लामा खेलकुदप्रतिको उत्साह बढाउँदै स्थानीय तहहरूबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्