मेलम्ची । नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ र २ अन्तर्गत उम्मेदवार सिफारिस प्रक्रिया सम्पन्न गरेको छ। पार्टीले स्थानीय तह र संगठनात्मक छलफलका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरेको जनाएको छ।
जिल्लाका ४९ वटा वडा समेटिएको प्रतिनिधि सभा क्षेत्र नं. २ का लागि मेलम्चीमा आयोजित कार्यक्रममा ११ जनाको नाम दर्ता भएको छ। सिफारिसमा पर्नेहरूमा हस्त पण्डित, अशोक चौलागाईं, शुभाष कर्माचार्य, शेरबहादुर तामाङ, बालकुमारी सापकोटा, गम्भीरलाल श्रेष्ठ, डोल्मा तामाङ, उपेन्द्र तामाङ, शिशिर वाइवा, मित्रलाल चौलागाईं र दिलीप बस्नेत रहेका छन्।
त्यसैगरी, प्रतिनिधि सभा क्षेत्र नं. १ बाट ९ जनाको नाम सिफारिस गरिएको छ। यस सूचीमा अरुण नेपाल, सरेश नेपाल, होम नारायण श्रेष्ठ, कमल नेपाल, हेमगङा मोक्तान, बादल तामाङ, युद्ध विक्रम तामाङ, आङदोर्जे शेर्पा र शुसिला पाख्रीन रहेका छन्।
पार्टीका अनुसार दुवै क्षेत्रबाट सिफारिस भएका नामहरू केन्द्रीय तहमा पठाइनेछ। अन्तिम उम्मेदवार पार्टीको केन्द्रिय निर्णयअनुसार तय हुने एमाले सिन्धुपाल्चोकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्