सिन्धुपाल्चोक — ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) सिन्धुपाल्चोकको अध्यक्षमा सुरेश कसजु चयन भएका छन् । शनिबार सम्पन्न ब्लोदान सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनले कसजुको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा निर्मल बस्नेत, सचिवमा प्रभात श्रेष्ठ, सह–सचिवमा दीपक खत्री तथा कोषाध्यक्षमा सुजता सापकोटा चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा राकेश राना, कमल श्रेष्ठ, रविन गौतम, सविन श्रेष्ठ, सरोजा श्रेष्ठ, सुप्रिन्स कसजु, पवन सापकोटा र रमेश दुलाल चयन भएका छन् । समितिको कार्यकाल तीन वर्षको रहनेछ ।
अधिवेशनपछि ब्लोदान केन्द्रीय कार्यसमितिका महासचिव एवं निर्वाचन समिति संयोजक मचाकाजी महर्जनले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन् ।
कार्यक्रम ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम खत्री तथा ११४ पटकभन्दा बढी रक्तदान गरिसक्नुभएका ब्लोदान केन्द्रीय सदस्य वीरेन्द्रमान श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले छोटो अवधिमै सिन्धुपाल्चोक शाखाले समुदायमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले स्वयंसेवी रक्तदानलाई जीवनदायिनी संस्कारका रूपमा अघि बढाउँदै आएको ब्लोदानको अभियानले समाजमा रक्तदानप्रतिको चेतना अझ व्यापक बनाउने विश्वास व्यक्त गरे ।
स्वयंसेवी रक्तदानमार्फत जीवन बचाउने अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै आएको ब्लोदान सिन्धुपाल्चोकले पहिलो अधिवेशन सम्पन्न गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अध्यक्ष कसजुले बताए ।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्