२०८२ पुष १

सिन्धुपाल्चोकका स्थानीय तहहरुमा नेपाली कम्युनिष्ट पार्टीको एकता बैठक सम्पन्न

सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टीले जिल्लाभरिका स्थानीय तहमा एकैदिन संगठनात्मक एकता बैठक सम्पन्न गरेको छ । पार्टीभित्र एकता सुदृढ गर्दै संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै वडा तहसम्म चरणबद्ध रूपमा बैठक सञ्चालन गरिएको हो ।

एकता बैठकमा वर्तमान राजनीतिक अवस्था, जनतासँगको सम्बन्ध मजबुत बनाउने उपाय, संगठन विस्तारका सम्भावना तथा आगामी कार्यदिशाका विषयमा गहन छलफल भएको थियो । स्थानीय तहमा एकैसाथ बैठक सम्पन्न हुनुले पार्टीभित्र विचार, नेतृत्व र कार्ययोजनामा समानता कायम गर्दै जनआधारित राजनीति अघि बढाउने स्पष्ट सन्देश दिएको नेताहरूले बताएका छन् ।

बैठकका क्रममा कार्यकर्ता तहसम्म आपसी विश्वास, अनुशासन र जिम्मेवारी बोधलाई बलियो बनाउने विषयलाई विशेष महत्व दिइयो। पार्टीलाई जनमुखी, उत्तरदायी र संघर्षशील बनाउँदै सामाजिक न्याय, समृद्धि र सुशासनका पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

युवा नेता अनन्त प्रकाश श्रेष्ठका अनुसार एकता बैठकले पार्टी गतिविधिलाई थप सक्रिय बनाउँदै आगामी दिनमा जनताको विश्वास जित्ने बलियो आधार तयार गरेको छ ।

 

बिबिसी २१ बाट

प्रतिक्रिया दिनुहोस्