चौतारा । चौताराको पुरानो बजारस्थित भीमसेन मन्दिर परिसरमा स्थापित घण्टा र भीमसेन पाइलाको उद्घाटन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । लि:ल फङ घले समाजको सहकार्य एवम् सहभागितामा सम्पदा संरक्षण गुठीको आयोजना गरिएको कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले मन्दिर क्षेत्रको संरक्षण, धार्मिक प्रयोजनका संरचनाको विस्तार र स्थानीय संस्कृति जोगाउन समुदायको सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै घण्टा र भीमसेन पाइलाको उद्घाटन गरे ।
उद्घाटनसगै विभिन्न व्यक्तित्वलाई सम्मानसमेत प्रदान गरिएको थियो । स्थानीयको सहभागितामा सम्पन्न कार्यक्रममा संस्कृतिप्रेमी, समाजसेवी, घले समुदायका अग्रज तथा सरोकारवाला व्यक्तिहरूले धार्मिक स्थलको संरक्षण र निरन्तर सम्वर्द्धनमा साथ दिने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्