२०८२ मंसिर ११

भोलिबाट गौराति मेला, नेपाल आइडल गंगा सोनामसहितले प्रस्तुति दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तब्य गौरातिमा नेपाल आइडल सिजन ६ की बिजेता गंगा सोनाम आउँदैछिन् । गौराती भिमसेन मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि उनी आउन लागेकी हुन् । गौराति मेला भोलि (कात्तिक १९ गते) बाट सुरु हुँदैछ ।

मेलामा नेपाल आइडल सिन्धुपाल्चोक भोटसिपाकी गंगासहित रामकुमार नेपाली, विश्व दोङ, सपना गुरुङ, रञ्जित वाइबा, सुमिना लोलगायतका कलाकारले प्रस्ुतति दिनेछन् ।

उक्त मेलामा चौतारा सागाचोकगढि नगरपालिकाको समन्वय ,चौतारा सागाचोकगढि नगरपालिका वडा न ६ को सहयोग र गौराति भिमसेन युथ क्लबको आयोजनामा ख्यातिप्राप्त कलाकारबाट वृहत सास्कृतिक कार्यक्रम समेत हुनेछ ।

साथै स्थनीय कलाकार हरुको समेत बेजोड प्रस्तुति रहने गौराती भिमसेन युथ क्लबले जनाएको छ ।

 

फरक पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्