२०८२ आश्विन १९

मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, यात्रुहरूलाई सतर्क रहन आग्रह

बारम्बार पहिरोका कारण अवरुद्ध हुँदै आएको मुग्लिङ–नारायणगढ सडक अब दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाएपछि सडक डिभिजन भरतपुरले सडक पूर्णरूपमा सञ्चालनमा आएको जनाएको हो ।

यद्यपि, स–साना पहिरो र ढुंगामाटो खस्ने क्रम रोकिएको छैन । त्यसैले कार्यालयले यात्रु तथा चालकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्