२०८२ कार्तिक १

नेपालमा भएको जिनजी नामको आन्दोलन के हो त ?

आँगेली मईला

ज्योतिषशास्त्र पनि एक विज्ञान रहेछ। यसले पनि केही अनुमान दिने कुरा सत्य मान्नुपर्छ। विभिन्न कालखण्डमा विभिन्न व्यक्तिले भविष्यमा यस्तो हुन्छ भनेर भनेका कुराहरू भएका छन्। जुन कुरा हरेक धर्म–समुदायमा प्रचलनमा छन्, वैज्ञानिक हिसाबले ती कुराहरू प्रमाणित हुँदै आएको देखिन्छ। के संसारमा यस्तो अदृश्य शक्ति पनि छ जसले यो संसार चलाइरहेको छ? यस्तो कुरा त हामी परिकल्पना पनि गर्दैनौँ र गर्न पनि नपरोस् भन्दछौँ। यसलाई यसरी भनौँ — “वास्तविक योजना बनाउनेहरूले केही न केही अनुमानकै भरमा आफ्ना योजनाहरू कार्यान्वयनमा लिएर आउने रहेछन्।” विकसित र ठूला मुलुकहरूले आफ्नो योजना कुनै पनि हालतमा सफल बनाएर छोड्छन् र तिनीहरू अहिले यति विकसित छन्। जति विकसित हुँदै गयो, त्यति ठूला संकटहरू आउने गर्दछन्।

आफ्नो संकट टार्नको लागि अरुलाई प्रयोग गर्नु शक्ति राष्ट्रहरूको सामान्य खेल हो। हामी नेपालीहरू कति अभिवेकी र पाखण्डी छौँ भन्ने कुरा त आन्दोलनमा भएको लुटपाट र आगजनीबाट थाहा भैहाल्यो। हामी आफूभन्दा अरुले प्रगति गरेको देख्न चाहँदैनौं; आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छौं। कुनै अनुशासन वा कानुन हाम्रो लागि बाध्यकारी बनेमा हामी आफू पनि मर्न चाहन्छौं, अरुलाई पनि मार्न चाहन्छौं। यो देशभक्तिको प्रमाण होइन; यो त विज्ञान नबुझ्ने र बुझ्न नचाहने, धर्म र धर्मसंगत पनि हुन नचाहने, यो चरम दास मानसिकताको उपज मात्र हो। यहाँ राजा र रैतीहरूको खेल अझै सकिएको छैन। गणतन्त्र ल्याइसकेपछि राजा र रैतीको वास्तविक तिक्तता के थियो भन्ने कुरा मनोवैज्ञानिक हिसाबले बुझेर त्यस विषयमा बहस–चर्चा गरी कार्यान्वयनको पक्षमा काम हुनुपर्छ। हाम्रा नेताहरू पनि त उही राजाका रैतीझैं भएर विद्रोह गरेर आफू राजा बन्ने लाइनमा लागेको छैन र? जनताको मनस्थिति उपर कसले काम गर्ने? वास्तवमा शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा गणतान्त्रिक सरकार जनतासँगै नहुनुको परिणाम जनताको मानसिकता गिर्दै गएको होइन? यसलाई विश्वमा कुन मापदण्डमा राखेर हेर्ने?

पक्कै पनि केही त परीक्षण हुँदैछ विश्वमा — प्रत्येक देशका मानिसहरूको मानसिकता कस्तो छ भनेर म्यानमार, श्रीलंका, बंगलादेश, नेपाल हुँदै अब कहाँ–कहाँ परीक्षण हुनेछ, यो छेप्यास्त्र थाहा छैन, तर हुन जरुरी पनि देखियो। अन्त्यमा शीर्षकको बारेमा पनि केही भन्नुपर्छ। बदलिंदो समयमा भएको जिनजी नामको नेपालको क्रान्ति यी सबै गन्थनको विषय हो।

प्रतिक्रिया दिनुहोस्