काठमाडौँ । नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्कीले शुक्रबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ खुवाएका थिए । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
यससँगै सुशीला कार्की नेपालको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्, जसलाई राजनीतिक इतिहासको महत्त्वपूर्ण मीलपत्थरका रूपमा हेरिएको छ
प्रतिक्रिया दिनुहोस्