काठमाडौँ । हालै सम्पन्न जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थिति समाधानका लागि संघीय संसदले संवैधानिक प्रक्रियाबाटै निकास खोजिनुपर्नेमा जोड दिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संयुक्त रूपमा जारी वक्तव्यमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोपरि ठान्दै संवैधानिक मार्गबाट मात्र निकास खोजिनुपर्ने उल्लेख गरिएको छ ।
संसदका अनुसार आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्दै विधिको शासन र संविधानवादलाई आधार बनाएर अगाडि बढ्दा मात्रै स्थायी समाधान सम्भव छ। “देशलाई अपुरणीय क्षति पुर्याउने आगजनी र तोडफोडको घटनाबाट सबैले पाठ सिक्नुपर्छ, अब बलियो र समृद्ध लोकतन्त्र निर्माणतर्फ अघि बढ्न आवश्यक छ,” वक्तव्यमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्