२०८२ कार्तिक १

सिन्धुपाल्चोकका गगा लाल श्रेष्ठसहित नेपाली प्रशिक्षकहरूको चीनमा हुने एसियन कराते कार्यक्रममा सहभागिता

रितिक परियार, सिन्धुपाल्चोक – चीनको साग्वानमा आगामी सेप्टेम्बर ५ देखि ७ सम्म आयोजना हुने २३औँ एसियन क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिप अवसरमा हुने रेफ्री अपग्रेड तथा निर्णायक क्षमता अभिवृद्धि कार्यक्रममा नेपालका प्रशिक्षक र रेफ्रीहरूको टोली सहभागी हुने भएको छ।

सहभागी हुने टोलीमा सिन्धुपाल्चोकका वरिष्ठ कराते प्रशिक्षक गगा लाल श्रेष्ठ पनि रहेका छन्। कराते क्षेत्रमा लामो अनुभव बोकेका श्रेष्ठ यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रममा सक्रिय रहँदै आएका छन्।

एशियाली कराते महासंघको आयोजनामा र चीन कराते संघको व्यवस्थापनमा सञ्चालन हुने यस कार्यक्रममा एशियाभरका प्रशिक्षक र रेफ्रीहरूको सहभागिता रहनेछ। यसले अन्तर्राष्ट्रिय स्तरको अनुभव आदान–प्रदान र प्राविधिक सीप अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपालका प्रशिक्षकहरूको यो सहभागिता नेपाली करातेको विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी क्षमता वृद्धि गर्न महत्वपूर्ण मानिएको छ। गगा लाल श्रेष्ठसहित सहभागी प्रशिक्षकहरूले नयाँ ज्ञान र सीप लिएर फर्कने र आगामी दिनमा नेपाली करातेलाई अझ सुदृढ र सक्षम बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्