२०८२ मंसिर १७

सुकुटे बिच रिसोर्टमा आक्रमण, पर्यटन क्षेत्रमा असुरक्षा बढेको भन्दै व्यवसायीको चिन्ता

सिन्धुपाल्चोक — राजधानी काठमाडौँ नजिकैको पर्यटकीय गन्तव्य सुकुटे क्षेत्रमा गुण्डागर्दी बढ्दै गएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । संघका अध्यक्ष तथा सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाको रिसोर्टमा भदौ ६ गते राति भएको आक्रमण पछि उनिहरुले सुरक्षाको माग गर्दै आईतबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । संघका सचिव कृष्ण सापकोटाका अनुसार भदौ ६ गते राति करिब १० बजेर ४५ मिनेटको समयमा रिसोर्टको गेट फोरेर प्रवेश गरेका गुण्डाहरुको समूहले रिसोर्टमा कार्यरत ३८ वर्षीय सुरेन्द्र केसीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते केसीलाई तत्काल खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल हुँदै थप उपचारका लागि काठमाडौं पु¥याइएको संघले जानकारी दिएको छ ।

आक्रमणमा संलग्न हुनेमा वलेफी गाउँपालिका–५ का लिला गिरी, कमल श्रेष्ठ, गणेश श्रेष्ठ, देव केसी, रञ्जित श्रेष्ठ, सुशील तामाङ र श्रृजन कार्की रहेको आरोप लगाइएको छ । संघले जारी गरेको विज्ञप्तिमा घटनाको तीव्र भत्र्सना गर्दै दोषीहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराइएको छ । “यस्ता घटनाले आन्तरिक र बाह्य पर्यटक दुवैको मनोबल गिराउने मात्र होइन, जिल्लाको पर्यटन छविलाई समेत धुमिल बनाइरहेको छ,” सचिव सापकोटाले भने, “यदि समयमै कठोर कदम चालिएन भने समग्र पर्यटन उद्योग नै संकटमा पर्न सक्छ ।”

सुकुटे रिसोर्टका संचालक थापाले प्रहरीमा आईतबार नै किटानी जाहेरी समेत दिएका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटनको प्रचुर सम्भावना बोकेको सिन्धुपाल्चोक जिल्लामा पर्यटन विकासका थुप्रै सम्भावना भए पनि हालको असुरक्षा वातावरणले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर पारिरहेको पर्यटन व्यवसायी महेन्द्र थापाले बताए ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाका अनुसार करिडोर क्षेत्रमा पर्यटन प्रवद्र्धनका उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका व्यवसायीहरु हाल असुरक्षित महसुस गर्न थालेका छन् । होटल र रिसोर्टको आम्दानीले स्थानीय तथा केन्द्रीय सरकारलाई लाखौँ रुपैयाँ कर बुझाउँदै आएको भए पनि हाल व्यवसाय गर्न सहज वातावरण नरहेको उनीहरुको गुनासो छ ।

 

रडियो सिन्धु

प्रतिक्रिया दिनुहोस्