काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन सिन्धुपाल्चोक जिल्ला समिति गठन भएको छ। संगठनको दोस्रो भेलाले ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो।
काठमाडौंको पेप्सीकोलामा सम्पन्न भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटा “देशबन्धु” प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संघीय सांसद माधव सापकोटा “सुबोध”, बागमती प्रदेश सांसद युबराज दुलाल “सरद”, सरल सहयात्री पौडेल, अमृता नेपाल “प्रभा” लगायतको विशेष उपस्थिति थियो।
भेलाले चयन गरेको जिल्ला समिति यसप्रकार छः
अध्यक्ष – भेषनाथ सापकोटा (चौतारा)
वरिष्ठ उपाध्यक्ष – टंक प्रसाद दुलाल (चौतारा)
उपाध्यक्षहरू – इस्वरलाल श्रेष्ठ (पाँचपोखरी), एकेन्द्र लामा (ईन्द्रावती)
महासचिव – तोक बहादुर तामाङ (मेलम्ची)
सचिव – फुलकाजी स्याङ्बो (जुगल)
कोषाध्यक्ष – दिपेन्द्र थापा (बलेफी)
सदस्यहरू:
कविता रिमाल खड्का (चौतारा)
निर्मला श्रेष्ठ (चौतारा)
छबि प्रसाद दुलाल (मेलम्ची)
गंगाराम दंगाल (मेलम्ची)
प्रेमराज तामाङ (मेलम्ची)
बिशाल श्रेष्ठ (मेलम्ची)
प्रकाश दुलाल (ईन्द्रावती)
नवराज भट्टाराई (ईन्द्रावती)
लाक्पा दोर्जे तामाङ (पाँचपोखरी)
टासी ह्योल्मो (पाँचपोखरी)
राजन बुढाथोकी (चौतारा)
बेलबहादुर नेपाल (चौतारा)
सुजन श्रेष्ठ (चौतारा)
रामचन्द्र नेपाल (चौतारा)
यज्ञ बहादुर नेपाल (बलेफी)
निर्मल खत्री (त्रिपुरा सुन्दरी)
सबिन तामाङ (बार्हबिसे)
तिर्थ तामाङ (लिसंखु)
सानु पाख्रिन (जुगल)
मिन बहादुर तामाङ (बलेफी)
भेलामा जिल्लाभरिका पार्टीमा आबद्ध निर्माण व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्