२०८२ भाद्र ११

टेबलटेनिसमा बबिता र साइमन प्रथम

सिन्धुपाल्चोक — ‘द बुक प्रोजेक्ट’को सहयोगमा चौतारा महिला तथा किशोरी टेबलटेनिस क्लबको आयोजना र सिन्धुपाल्चोक टेबलटेनिस संघको संयोजनमा आयोजित नगर स्तरीय टेबलटेनिस प्रतियोगिता चौतारामा सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले गरेका थिए । कार्यक्रममा क्लब अध्यक्ष सीता श्रेष्ठ कसजूले सभापतित्व ग्रहण गरेका थियो । क्लबले प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने डा. रोजा र निर्मला श्रेष्ठप्रति विशेष आभार व्यक्त गरेको छ ।

प्रतियोगितामा महिलातर्फ बबिता श्रेष्ठ प्रथम, सुमीक्षा तामाङ द्वितीय र दीपा प्रधान तृतीय भए । त्यस्तै, अन्डर–१४ वर्गमा साइमन तामाङले प्रथम स्थान हात पारे भने प्रदीप काफ्ले द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।

आयोजकका अनुसार यो प्रतियोगिताले स्थानीय महिला तथा किशोरी खेलाडीलाई टेबलटेनिसमा थप उत्साहित बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्