सिन्धुपाल्चोक — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोक जिल्ला शाखाले आफ्नो २६औं स्थापना दिवसको अवसरमा चौतारा टुडिखेल (फल्चा)मा भव्य रक्तदान तथा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । फोनिज नेपालका आदिवासी जनजाति पत्रकारहरूको साझा संगठन हो, जसको उद्देश्य आदिवासी जनजाति समुदायको आवाजलाई सशक्त बनाउने, सांस्कृतिक पहिचानको संरक्षण गर्ने र पत्रकारिताको क्षेत्रमा पेशागत क्षमता अभिवृद्धि गर्ने हो।
स्थापना दिवसको कार्यक्रमका प्रमुख अतिथिको रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको उपस्थित रहेको थियो । स्थापन दिवसको अवसरमा समाजसेवामा सक्रिय ‘सहयोगी हातहरू’ संस्थालाई सम्मानपत्र समेत प्रदान गरेका थिए । उक्त सम्मान ग्रहण गर्दै ‘सहयोगी हातहरू’का प्रतिनिधिले यो सम्मानले समुदायका लागि अझ सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताएका छन् ।
रक्तदान कार्यक्रममा जम्मा ६६ जनाको सहभागिता रहेकोमा चौतारा कारागारका ९ जना कैदीबन्दीहरूले समेत रक्तदान गरेका थिए । सहभागीहरूलाई रक्तदानसँगै रक्त समूह परीक्षण समेत गर्ने समेत कार्यक्रम तय गराएको थिए।
रक्तदान कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) जिल्ला शाखा, चौतारा साँगाचोकगढी नगरपालिका र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहआयोजनामा सम्पन्न भएको हो। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने र आकस्मिक रक्त संकलनमा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्