सिन्धुपाल्चोक । नेपाल र चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका बन्द भएपछि चीनबाल ल्याइएका सामान बोकेर नेपालतर्फ ल्याइएको छ । पछिल्लो नौ दिनदेखि पहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध भएपछि चीनतर्फ अड्किएका सामान बोकेर ल्याइएको हो ।
गएको १८ गते कोदारीको इक्ुमा पहिरो गएको थियो । सो पहिरो पन्छाउन नसक्दा नौ दिनदेखि सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानहरू कुहिन थालेपछि भारीबाट बोकेर सामान ल्याएको हो । कन्टेनरको सामान पल्टी गरेर ल्यइएको हो । व्यवसायीकाअनुसार एउटा कन्टेनरबाट सामान पल्टी गरेको एक लाख तीस हजार रुपैयाँ तिर्नुपरेको छ ।
सडक अवरुद्ध भएपछि नेपाल छिरेका कन्टेनरको सामान मान्छेलाई बोकाएर पहिरो कटाउन थालिएको हो । नेपाल भित्रिएका स्याऊ, आँप, अङ्गुर, लसुन, प्याज लगायतका सामानहरू कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डसम्म ल्याइएको हो ।
सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोट लागिरहेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले पहिरो पन्छाइरहेका बताए ।
नेपाली व्यावसायीहरूले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भुभागमा अड्किएको छ ।
प्रतिक्रिया दिनुहोस्