सिन्धुपाल्चोक — बहुविवाह सम्बन्धी कानुन संशोधन प्रस्ताव खारेज गर्न सिन्धुपाल्चोकका नागरिक समाजले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई औपचारिक ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा यस्तो संशोधन सामाजिक रूपमा विभेदकारी, अन्यायपूर्ण र हिंसात्मक भएकाले अस्वीकार्य रहेको स्पष्ट गरिएको छ।
नागरिक समाजले बहुविवाह प्रथालाई कानुनी मात्र नभई सामाजिक र नैतिक दृष्टिले पनि नकारात्मक ठहर गर्दै यसले महिला अधिकार, मानव अधिकार र सामाजिक समानतामा ठूला चुनौती उत्पन्न गर्ने भएकाले तत्काल फिर्ता लिन जोडदार माग गरेको छ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले ज्ञापनपत्र प्राप्त गरी सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता जनाएका छन्। सिन्धुपाल्चोकका नागरिक समाजको यो पहलले स्थानीय तहमा मात्र नभई राष्ट्रियस्तरमा लैङ्गिक समानता, सामाजिक न्याय र मानवअधिकार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा नव नियुक्त प्रमुख जिल्ला अधिकारी बास्तोलाले जिल्लामा बाढी तथा पहिरोको जोखिम उच्च भएका जानकारी रहेको र मौसम पूर्वानुमानलाई भरपर्दो मान्दै सोही अनुसार पालिकाहरूलाई विपद् व्यवस्थापनमा तयारी गर्न निर्देशन दिइनेकुरा बताए । सूचना अधिकारीबाट सरल र सहज माध्यमबाट जानकारी तथा तथ्यांक लिन सकिने र सेवालाई थप पारदर्शी बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको उनी बताउँछन्
प्रतिक्रिया दिनुहोस्