२०८२ कार्तिक २

बागमती प्रदेश पूर्ण खोप घोषणा तथा डिजिटल हेल्थ कार्यक्रम सुरु, प्रदेशभर आधुनिक स्वास्थ्य प्रणाली लागू हुने

भक्तपुर  ।  बागमती प्रदेशमा आज एक ऐतिहासिक कदमस्वरूप “पूर्ण खोप प्रदेश” घोषणा र “बागमती डिजिटल हेल्थ कार्यक्रम” को औपचारिक शुभारम्भ गरिएको छ। स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो।

बागमती प्रदेश नेपालको पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश बनेको छ, जसअन्तर्गत बालबालिकादेखि सबै लक्षित वर्गलाई आवश्यक सबै खोप पूर्ण रूपमा प्रदान गरिएको छ। यस अभियानले जनस्वास्थ्य सुदृढीकरणतर्फ महत्त्वपूर्ण सफलता दिएको प्रदेश सरकारको दाबी छ।

साथै, “बागमती डिजिटल हेल्थ” कार्यक्रममार्फत अब प्रदेशका १३ वटा अस्पतालमा दैनिक बिरामी कति आउछन्, के के रोगको उपचार गरिन्छ र कुन अस्पतालमा कति कति बेड खाली छ भन्ने जानकारी एउटा एप्लिकेसनबाट प्राप्त गर्न सकिने र यस कार्यक्रमको सुरुवात संगै नागरिकको स्वास्थ्य विवरणलाई डिजिटल रूपमा अभिलेख राखिने, अस्पताल र स्वास्थ्य संस्थाबीच सूचना आदानप्रदान सजिलो बनाइने, औषधि व्यवस्थापन, बिरामीको हेरचाह र सेवा उपलब्धता समेत अझ प्रभावकारी बनाइने बागमती प्रदेश स्वस्थ्य मन्त्री किरण थापा मगर जनाएका छन्।

 

कार्यक्रममा प्रदेशका मन्त्री, स्वास्थ्यकर्मी, नीति निर्माता तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो। यो घोषणालाई स्वास्थ्य क्षेत्रमा “गुणस्तरीय सेवातर्फको डिजिटल मोडेल” का रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्