सिन्धुपाल्चोक – संगीतकर्मी सुगम शेर्पाको शब्द रचनामा तयार भएको पश्चिमेली पञ्चेबाजा गीत ‘बुट्टे चोलीमा’ को छायांकन चौतारा साँगाचोकगढी नगरपालिका–१३, ठुलोसिरुबारी क्षेत्रमा सम्पन्न भएको छ।
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका स्थानीय शिक्षक तथा मोडेल प्रकाश श्रेष्ठ, गुनगुन थापा, डा. पवन पौडेल, मन्दिरा थापा, सदिप दुलाल लगायत कलाकारहरूले अभिनय गरेको उक्त गीतलाई एन्टिना घनश्यामले निर्देशन गरेका हुन्। वडा अध्यक्ष रामप्रसाद गौतमको समेत विशेष भूमिका रहेको यस गीतको व्यवस्थापन स्थानीय दिपक श्रेष्ठले गरेका हुन् ।
ठुलोसिरुबारी क्षेत्रकै मौलिक पञ्चेबाजाको झलक समेटिएको यस गीतको छायांकनमा सयौं स्थानीयको समेत सहभागिता देखिएको छ। गीतलाई ओएसआर डिजिटलमार्फत केही दिनभित्रै सार्वजनिक गरिने तयारी छ जसको लागि भिडियो सम्पादनको कार्य विजय जिरेलले गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्