सिन्धुपाल्चोक — लायन्स सेवा सप्ताहको अवसरमा आज टेबल टेनिस प्रतियोगिता र संस्कृति जगेर्ना अन्तर्गत विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा खेलकुद गतिविधिसँगै वृद्धाश्रममा भजन तथा भोजन कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
टेबल टेनिस प्रतियोगितामा दिनेश नेपाल प्रथम, नितेश प्रधान द्वितीय र रमेश सापकोटा तृतीय स्थान हासिल गर्न सफल भए। विजेताहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। खेलकुदको माध्यमबाट युवाहरूमा स्वास्थ्यप्रतिको चेतना जगाउने र उनीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन्।
यसैक्रममा, स्थानीय वृद्धाश्रममा भजन कार्यक्रमको आयोजना गर्दै त्यहाँ रहेका वृद्धवृद्धाहरूसँग समय बिताइएको र भोजन सेवा प्रदान गरिएको थियो। जीवनको उत्तरार्धमा पुगेका व्यक्तिहरूप्रति सम्मान र माया प्रकट गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमले खेलकुद, सांस्कृतिक चेतना र सामाजिक सेवा तीनै पक्षलाई जोड्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको लायन्स क्लबका प्रतिनिधिहरूले बताएका छन्। यस्ता कार्यक्रमहरूले युवापुस्तामा सामाजिक जिम्मेवारी र सेवा भावनाको विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै यस किसिमको अरू पनि कार्यक्रमहरू रहेको र त्यसलाई पनि निरन्तर अघि बढाई क्लबका सदस्यहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस्