२०८२ श्रावण १४

रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न ३० जना विद्यार्थीहरू सहभागी

सिन्धुपाल्चोक – लायन्स सेवा सप्ताहको अवसरमा “रक्त समूह परीक्षण कार्यक्रम” चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित श्री ईर्खु माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा करिब ३० जना विद्यार्थी तथा शिक्षकहरूको रक्त समूह परीक्षण गरिएको हो।

प्रविधिक सहयोग बल्ड डोनर्स एसोसिएसन नेपाल, सिन्धुपाल्चोकले गरेको उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरूको सहभागिता रहेको थियो।

बल्ड डोनर्स एसोसिएसन नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजूले यस्ता कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्नुका साथै आकस्मिक अवस्थामा सहयोग पुर्‍याउने महत्वपूर्ण आधार तयार गर्ने र आगामी दिनमा पनि यसप्रकारका अभियानहरूलाई निरन्तरता दिइने कुरा बताए। त्यसै गरि लायान्सका अनुसार यस किसिमको जनचेतना, वातावरण संरक्षण र संस्कृतको जगेर्नामा संस्था निरन्तर अघि बढिरहेको छ।

यस किसिमको कार्यक्रमहरूले स्वास्थ्यप्रति सचेतना बढाउदै   रक्तदानको महत्त्वबारे चेतना फैलाउने काम गरिरहेका छ।यस अभियानले बालबालिकाहरूलाई भविष्यमा स्वयंसेवक रक्तदाता बन्न उत्प्रेरणा मिल्ने अपेक्षा आयोजकहरूको रहेको छ।

प्रतिक्रिया दिनुहोस्