२०८२ असार १७
                           

युवाहरु लागू पदार्थ सेवनमा लाग्नुको मनोवैज्ञानिक कारण ।

नगेन्द्र दंगाल

युवाहरू भन्नाले सामान्यतया वाल्यावस्था पश्चात एवम  वयस्कावस्था प्रवेशको सँघारको अवधि हो जस्मा तिब्र शारिरीक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास हुने अवधि हो । यो तिब्र परिवर्तनको उमेर तथा आफ्नो पहिचान खोज्ने उमेर हो । यस अवधीमा प्राथमिक तथा द्वितीय यौन बिशिषताहरु विकसित हुने गर्दछन । केहि अपवाद वाहेक उच्च माध्यमिक तह र क्याम्पसमा अध्ययन गर्ने वर्गहरु यस समूहमा पर्दछन । विजातिय समूह (Heterogeneous group) प्रति आकर्शित हुने, पहिचान र ब्यक्तित्व निर्माण गर्ने उमेर पनि हो । नियमित लागु पदार्थ सेवन गर्नेको केन्दिय स्नायु प्रणालीको Frontal cortex र Prefrontal cortex लाई आघात पार्दछ ।
यस उमेरमा तिब्र संवेगात्मक तथा मानसिक विकास हुने हुँदा हरेकमा जीवन प्रवृत्ति वा अन्तरइच्छा (Life instincts or Drive) हुनु स्वभाविक हुन आउँदछ । पारिवारिक वातावरण कमजोर भएका, अध्ययनमा तल्लिन नभएका , गलत साथीहरुको प्रभाव आदी कमजोर समूह (Vulnerable group) लागु पदार्थ दुर्व्यसक बन्दछन । विषेशगरी विश्ववजारमा पाइने लागु पदार्थहरुमा
(i) Narcotics.  (धैर्यता बढाउने, मुड परिवर्तन गराउने)
(ii) Hallucinogens. ( भ्रम फैलाउने, चेतना बदल्ने)
(iii) Sedatives. (दुखाई कम तथा तनाव कम गर्ने पिय      पदार्थहरु)
(iv)Stimulants ( मनोवैज्ञानिक उत्तेजना बढाउने)
(v) Minor tranquilizers. ( चिन्ता कम गराउने) आदी ।

मनोवैज्ञानिक कारणहरु:
1.Psychological Theory:
मौखिक चरण (Oral stage) मा प्राप्त कामवासनामा  अत्यन्त सन्तुष्टी स्थिरता (Fixation) भएमा   किशोरावस्थामा लागु औषधी दुर्वसक बन्दछन ।
2.Behavioristic Theory:
वातावरणिय कारणले प्रभावित ब्यवहारबाट (Learned behavior) लागु पदार्थ प्रयोग गर्न सिक्दछन ।
3.Social Theory:
सामाजिक स्विकृती, सामाजिकीकरणमा अपनत्व कायम गर्न, आत्मरक्षाको कारण, बिभिन्न साँस्कृतिक  एवम चाड पर्वहरुको अवसरहरुमा प्रयोग ।
4.Cognitive Theory:
बुझाई, विचार, आत्मसचेतना तथा संज्ञानात्मक क्षमताको कमी कारण ।

रोकथामका उपायहरू:
१.मनोवैज्ञानिक उपायहरुमा ब्यवहारिक, वैयक्तिक, समूह तथा २.सामाजिक परामर्श तथा उपचार पद्दतीहरु ।
३.बेरुची उपचार पद्दतीमा (Aversive conditioning)
औषधी उपचार पद्दती ।
४.पुनरस्थापना पद्दती ।
५.संज्ञानात्मक सचेतना ।

घर परिवारका बाबु-आमा तथा अग्रज ब्यक्तिहरुले आफ्ना युवाहरुले कस्तो ब्यवहार देखाउँदछन ?, क-कस्को संगत गरेर हिडेकाछन ?, पढाईको स्तर के छ ?, आदीवारे बरोबर जानकारी लिइरहनु पर्दछ । उनीहरुलाई रचनात्मक एवम श्रृजनात्मक काममा लगाएर उनीहरुको जीवन-प्रवृत्ती वा अन्तरइच्छालाई ब्यस्त गराउनु (Canalization) उत्तम उपाय मानिन्छ । बिद्यालय वा क्याम्पसले Counseling service को ब्यवस्था गरि निराकरणका उपायहरु अपनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्