२०८२ असार १७
                           

लागु पदार्थ दुर्व्यसनमा फस्दै युवाहरू : समुदायका छोरीहरू जोखिममा

भोटेकोशी–५ |- भोटेकोशी गाउँपालिका–५, छ्याङ्गदीमा घटेको एक ताजै घटनाले स्थानीय समाजलाई गम्भीर चिन्तामा डुबाएको छ। ११ वर्षीय कक्षा ७ मा अध्ययनरत आफ्नी दिदीसँग बस्दै आएकी एक बालिक, जो हाल , लागूऔषध दुर्व्यसनमा फसेको ५ जना युवाहरू बाट जबर्जस्तीकरणी पश्चात् हत्या भई मृत अवस्थामा फेलापरेकी छिन्। झनै दुःखद पक्ष के हो भने, ती दिदी स्वयम पनि लागूऔषध प्रयोगमा संलग्न रहेको पाइएको छ। प्रहरीका अनुसार आमाबुबा वैदेशिक रोजगारमा संलग्न भएको हुदा बालिका आफ्नो दिदि संग बस्दै आएकी हुन्।

घटनाले स्पष्ट देखाएको छ कि वैदेशिक रोजगारीको सिलसिलामा अभिभावकहरू विदेशिनुका कारण घरमा पर्याप्त अभिभावकीय निगरानीको अभाव छ। त्यही  बेरोजगारी र अभावका कारण युवाहरू कमजोर मानसिक अवस्थाबाट गुज्रँदै गलत संगत र दुर्व्यसनतर्फ धकेलिँदै गएका छन्।

घटना बाहिर आएपछि प्रहरी उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा छ्याङ्गदी क्षेत्रमा तालिम प्राप्त कुकुरको साथमा विशेष अभियान सञ्चालन गरिएको थियो। उक्त अभियान अन्तर्गत जबरजस्तीकरणी तथा लागू पदार्थ सेवनमा संलग्न भएको निमा तेन्जिङ तामाङ (२१ वर्ष), वाङ्निमा  तामाङ (२२वर्ष), नामग्याल शेर्पा (३२वर्ष), दावा तामाङ (२० वर्ष) र लाक्पा पासाङ तामाङ (२२वर्ष) लाई पक्राउ गरिएको छ।

सामाजिक विश्लेषकहरूका अनुसार, यस्तो प्रकारका घटनाहरू केवल कानुनी मुद्दाका रूपमा हेर्नु अपूरो हुनेछ। जब परिवार विखण्डनको अवस्थाबाट गुज्रन्छ, तब बालबालिका र किशोरहरू उचित शिक्षा, मार्गदर्शन र संरक्षणबाट वञ्चित रहन्छन्। यस्तै अवस्थामा उनीहरू सजिलै लागू पदार्थको शिकार बन्न सक्छन् र असामाजिक कार्य तर्फ उत्प्रेरित हुने गर्छन्।

अब समुदाय, विद्यालय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक भइसकेको छ। यस्तो जोखिममा रहेका किशोर–किशोरीहरू तथा युवायुवतीहरूलाई मानसिक परामर्श, शिक्षा, सीप विकास र पुनःस्थापनाका कार्यक्रममार्फत नयाँ जीवनतर्फ उन्मुख गराउनु आजको आवश्यकता हो।

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गर्दै असार १३ गते शुक्रबार बालिकाको लास शव परिक्षणका लागि त्रि.वि शिक्षण अस्पताल पठाइएको जानकारी दिएको । साथै नेपाल प्रहरी यस्ता घटना रोकथामका लागि निरन्तर अघि बढिरहेको र यस घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी सम्मेलनमा प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्